१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छः उपप्रधानमन्त्री पौडेल

२१ जेठ, काठमाडाैँ । नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताउनुभएको छ । पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताउनुभयो ।

उहाँले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताउनुभयो । पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिनेसम्बन्धी फाइल स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार २२:३८