४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

तीन कीर्तिमान बनाउँदै बन्द भयो सेयर बजार

२० जेठ, काठमाडाैँ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)२९ अंक बढेर बन्द भएको छ। २९ अंकको वृद्धिसँगै आज परिसूचक २९०६.८९ अंकमा पुगेर रोकिएको छ। आज ३ करोड ४६ लाख कित्ता सेयर किनबेच भइ १६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च कारोबार र किनबेच हो। यस्तै परिसूचक पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज व्यापार समूह ९.६८ अंक, जलविद्युत ६०.०३, निर्जीवन बीमा ११३.३ र अन्य १५.९१ अंकले घटेको छ भने अरु सबै हरियाली देखिएका छन् । बिहीवार बैंकिङ समूह ५०.२५ अंक, होटेल तथा पर्यटन ११७.११, डेभलपमेन्ट बैंक १४६.०२, फाइनान्स ६२.८५, उत्पादक तथा प्रशोधन ७१.२४, माइक्रोफाइनान्स ४०.३५, जीवन बीमा ५.१२, म्युचुअल फण्ड ०.१९ र लगानी समूह ०.०७ अंकले वृद्धि भएको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड ७० लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको छिमेकी लघुवित्त विकास बैंकको ६८ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १५:३५