फेरि छलफलमा जुटे दोस्रो तहका नेता, एमाले हराउने माधव नेपालको मिसन सकिएकै होत ?
१८ जेठ, काठमाडौँ । नेकपा (एमाले)मा नेताहरू पार्टीको आन्तरिक एकता कायम राख्ने उपायका लागि निरन्तर छलफलमा छन । तर छलफलमै बस्ने कतिपय नेताहरू नेकपा एमालेलाई चुनाव हराउने मिसन पनि छाडेका छन ।
सोमबारमात्र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताएर एमालेका उम्मेदवारलाई हराउने घनश्याम भुसाल लगायतका नेता सोमबार रातभर पार्टी एकता गर्ने भन्दै छलफलमा रहे ।
औपचारिक र अनौपचारिक रूपमा निरन्तर छलफलमै रहेका दोस्रो तहका नेता थोरै पनि लाज नमानी छलफलमा जुटे । नेकपा एमालेका सूर्यध्वजावाहक उम्मेदवारलाई निरन्तर चुनाव हराउने, एमालेकै सरकार ढाल्न विपक्षीसँग बिक्री हुन पुगेका नेताहरू एमाले एकता जोगाउने भन्दै छलफलमा जुटेका छन ।
वर्तमान परिस्थितिको विश्लेषण गर्दा सामान्य नागरिकले पनि माधवकुमार नेपाल समूहका नाममा गुटबन्दीमा सक्रिएर भएर एमालेकै उम्मेदवार हराउन लागिरहेकाहरू फेरि एकताको नाममा पाँच तारे होटलमा पाँच घण्टा छलफल चलाइरहेका छन भन्दा पत्यार नलाग्न सक्छ । तर पत्याउनुको विकल्प छैन । एक महिनाको बीचमा तेस्रो पटक एमालेलाइ पराजित गराउन सफल नेताहरू नै एमालेभित्रको एकता मजबुद बनाउने नाममा सोमबार राति पाँच घण्टा एकै ठाउँमा बसेर छलफल गरे ।
सोमबार साँझ ६ बजेदेखि राति ११ बजेसम्म काठमाडौँको होटल याक एण्ड यतिमा दोस्रो तहका नेताहरूले छलफल गरे । छलफलमा एमाले अध्यक्ष ओली निकटका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र अनैतिक काममा सहभागि भएर एमालेले साधारण सदस्य समेत खोसेका माधवकुमार नेपाल निकटका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र योगेश भट्टराई रहेका थिए ।
बैठकमा सहभागी नेम्वाङले पार्टीको विवाद समाधान गर्ने प्रयासबाट हार नमाने बताएका छन। उनले त्यसैको शिलशिलमा आन्तरिक छलफलहरु तीव्र पारेको र केही दिनमा सुखद् परिणाम आउने बताउनुभयो । दोस्रो तहका नेताहरूको यो तयारीका कारण माधव नेपालको एमाले हराउने अभियान सकिएको संकेत देखिएको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०९:२२












