१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

निजी क्षेत्रको सुझाव समेटिएको सकारात्मक बजेटः अध्यक्ष गोल्छा

१५ जेठ, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको सुझाव समेटिएको बजेट सकारात्मक रहेको बताउनुभएको छ । बजेटप्रति प्रतिक्रिया दिँदै उहाँले  सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिनुभयाे ।

सरकारले अप्ठेरो अवस्थामा ल्याएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताउँदै उहाँले भन्नुभयो  ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन । यो सरकार चुनावी सरकार वा विषे परिस्थितिको सरकार हो, बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन, यो बजेट समग्रमा राम्रो छ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार २०:५९