१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१६ खर्ब ४७ अर्ब रुपैयाँकाे लोकप्रिय बजेट सार्वजनिक

१५ जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे लोकप्रिय बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट घोषणा गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबाट अर्थमन्त्री पाैडेलले बजेट भाषण गर्नुभएको छ । अर्थमन्त्रीले कर्मचारीको तलब बटाउने, वृद्ध भत्ता बढाउने र सामाजिक सुरक्षा भत्ता बढाउने लगायतका महत्वपूर्ण र लोकप्रिय कार्यक्रम अघि बढाउनुभएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १८:४९