हकप्रद सेयरबापतको रकम जम्मा गर्न सेयरधनीलाई बुद्धभुमी नेपाल हाईड्रोकाे आग्रह
१७ फागुन, काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आधारभूत सेयरधनीहरूलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २३ गतेभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो ।
हकप्रद वापतको रकम लक्ष्मी एनआईसी एशिया बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र रकम नबुझाए नियमानुसार हुने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले १ः१ अनुपातमा रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : March 1, 2026 at 11:59 am









