१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आज बजेट सार्वजनिक हुँदै, जेष्ठ नागरिकले मासिक पाँच हजार भत्ता पाउने

१५ जेठ, काठमाडाैँ । आज बजेट सार्वजनिक हुँदैछ । आर्थिक वर्ष २०७८/७९ को आय व्ययको अनुमानित विवरण बजेट आज अर्थमन्त्री विष्णु पाैडेलले प्रस्तुत गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा विघटन भएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्नुत गर्नुहुनेछ ।

बजेटमा नेकपा एमालेले चुनावमा प्रतिवद्धता गरे अनुसार जेष्ठ नागरिकका लागि मासिक ५ हजार भत्ता दिने कार्यक्रम कार्यान्वयन हुने अनुमान गरिएको छ । यसअघि प्रधानमन्त्री र मन्त्रीहरूले यसका सन्दर्भमा पटक पटक सार्वजनिक मञ्चबाट उद्घोष गर्नुभएको थियो । लाखौँ रूपैयाँ आम्दानी गर्ने छोराछोरीले पनि आफ्ना बृद्ध बुबा आमाका लागि महिनामा एक दुइ हजार दिन मुख खुम्चाउने सामाजिक संस्कार भएको नेपाली समाजमा सरकारले दिने भत्ताले जेष्ट नागरिकले ढुक्कका साथ जीवन जीवन सक्नेछन । सरकारले जेष्ठ नागरिकका लागि यसअघि नै स्वास्थ्य सेवा निशुल्क गरिरसकेको छ । कम्युनिस्ट सरकारले नै लागू गरेका कारण यस्ता कार्यक्रम थप प्रभावकारी बनाउने उनीहरू नै लागि परेका छन ।

यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा अोलीले केही नीतिगत कुरामा सम्बाेधन गर्नुभएको थियो भने अर्थमन्त्री पाैडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो । सर्वेक्षणमा चालू आर्थिक वर्ष २०७७/०७८ मा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम हुने देखिएको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना संक्रमणले गर्दा अर्थतन्त्र प्रभावित भएकाले आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताउनु भएको हो ।

सरकारले बजेट मार्फत चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर कोरोनाको प्रभाव बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । आर्थिक संकटका बावजुद पनि मुद्रास्फिति सिमा भित्र रहेको, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति सुविधा जनक रहेको अर्थमन्त्रीले बताउनुभयो ।

लकडाउनपछि भी आकारमा सुधार हुँदै गएको अर्थतन्त्रमा २०७८ सालको सुरुवातसँगै फैलिन सुरु गरेको कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा पुनः जोखिम बढाएको मन्त्री पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १०:५४