६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

युएनडिपीको गैरजिम्मेवारीले बेलकोट स्वास्थ्य चाैकी अन्धकार, एक महिनामै बिग्रियो सोलार

–प्रशान्तजंग पाण्डे 

२३ असार, नुवाकोट ।  नेपाल सरकार र काेिरया सरकारकाे संयुक्त लगानीमा नुवाकाेट जिल्लाको वेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ मा बर्थिकङ सेन्टरसहितको स्वास्थ्य चाैकी बनाउने ठेक्का पाएको युएनडिपीले गैर जिम्मेवारी देखाएको छ ।

भूकम्पपछिको पुनर्निमाणमा कोरिया सरकारको सहयोगमा स्थानीयको समेत सहभागितामा निर्माण सम्पन्न भएर गत वैशाख ११ गते हस्तान्तरण भएको स्वास्थ्य चाैकीमा राखिएको सोलार राखेको एक महिनामै बिग्रियो तर स्थानीय र स्वास्थ्य चाैकीबाट गरिएको अनुरोधको वेवास्ता गर्दै बसेको छ युएनडिपी ।

स्वास्थ्य चाैकीमा कार्यरत नर्सले दैनिकीसँग भनिन् ‘हामीले सोलार बिग्रिएको बारेमा जानकारी गराएको एक महिना बढी भयो तर युएनडिपीले कुनै रेस्पोन्सनै गरेको छैन । हामीलार्इ रातबिहानमा अाउने बिरामीको उपचार गर्न कठिन भएको छ । ’  सोलारको वारेन्टी ५४० को दिनको भएपनि सबै काम युनडिपीले गरेकाले अन्यले वारेन्टी दाबी गर्न समेत समस्या रहेको छ ।

गत वैशाख ११ गते स्वास्थ्यराज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा हस्तान्तरण भएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकाको बेलकोट स्वास्थ्यचौकीले बर्थिङ सेन्टरसहितको सेवा सुरु गरेको थियो। कोरियाली सहयोग संस्था कोइकाको सहयोगमा एक करोड भन्दा बढी रुपैयाँको सहयोगमा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकी भवनको निकै तामझामका साथ  राज्यमन्त्री अर्यालले उद्घाटन गरेकी थिइन ।

हस्तान्तरणको समयका तस्बीरहरू

प्रकाशित मिति : २३ असार २०७५, शनिबार १७:४५