१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

चितवनको कालिकामा कमलचोक बजार व्यवस्थापन समिति गठन

२३ असार, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ कमलचोकमा भएको भेलाले कमलचोक बजार व्यवस्थापन समिति गठन गरेको छ । सो ११ सदस्यीय समितिको अध्यक्षमा किशोर सिंखडा चयन भएका छन् । समितिको उपाध्यक्ष भिमराज बमजन, सचिव किशोर दुवाडी र कोषाध्यक्षमा शुशिला तिवारी चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा रमेश रेग्मी, अनिता तमाङ, संगिता श्रेष्ठ, शर्मिला लामिछाने, मोति लामा, सरोज आचार्य र दिपक बोट रहेका छन् ।

साथै भेलाले सल्लाहकार समिति संयोजकमा कमल कुमार लामा, सदस्यहरुमा चेत बहादुर थापा, शिशिर सिंखडा, नन्दलाल लामिछाने, फुलमान लामा, दिपक लामिछाने र गोविन्द आचार्य रहेका छन् । आज आयोजित भेलाले यस बजार क्षेत्रमा बजारलाई व्यवस्थित गराउने र फोहोर व्यवस्थापनका लागि स्थानीयवासी र नगरपालिकासँग समन्वय गरी कार्य गर्ने समेत निर्णय गरिएको नवगठित समितिका अध्यक्ष किशोर सिंखडाले जानकारी दिए ।

नवनिर्वाचित सम्पूर्ण समितिका पदाधिकारी एवम् सदस्यहरुलाई स्थानीय समाजसेवी कमल कुमार लामाले टिका लगाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २३ असार २०७५, शनिबार १५:१५