२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

होटलमा बसेर घुस खाने काभ्रेका इन्जिनियर शेखरनाथ खनाल १ लाख ३० हजारसहित रंगेहात पक्राउ

२२ असार, काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई १ लाख ३० हजार रकम घूससहित पक्राउ गरेको छ । इन्जिनियर खनाललाई धुलिखेलको एक होटलमा सेवाग्रहीसँग घूस लिंदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।

पनौती नगरपालिका–११ बल्थली बृहत खानेपानी आयोजनाको डीप बोरिङ् मेसिन खरिद गर्नको लागि इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै घुस खाएका थिए ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १९:५०