१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

स्कुलको पर्खाल निर्माणमा ४५ हजार घुस खाने इन्जिनियर अजय ठाकुर यस्ता छन

२२ असार, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्कुलको पर्खाल निर्माणमा ४५ हजार घुस खाने इन्जिनियर अजय ठाकुरलाई रंगेहात पक्राउ गरेको छ । जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुर ४५ हजार घुससहित पक्राउ परेका हुन ।

तस्बीरः अनलाइनखबर डटकम ।

विजयपुर प्राविको कम्पाउड पर्खाल बनाएबापत भुक्तानी सिफारिसका लागि ठाकुरले सेवाग्राही सँग रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १९:४४