२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

लाईन्स क्लव अफ काठमाडौँ ग्लाेवल टाउन लागूऔषध नियन्त्रणमा सचेतना जगाउँदै

२२ असार, काठमाडाैँ । लाईन्स क्लव अफ काठमाडौं ग्लाेवल टाउन र नेपाल सरकार गृह मन्त्रालयकाे सयुक्त अायाेजनामा लागूऔषध नियन्त्रण सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न भएकाे छ। हेराल्ड ईन्टरनेशनल कलेज बसुन्धारा, काठमाडौंमा सम्पन्न भएकाे कार्यक्रममा एक सय पचास जना विद्यार्थीहरु सहभागी थिए। उक्त कार्यक्रममा गृह मन्त्रालयका उप सचिव प्रेमलाल लामिछानेले समृद्ध मूलुक निर्माणका निम्ति समाजबाट लागूऔषध दुर्वेशनी मुक्त हुनु पर्ने बताउनु भयाे।

हेराल्ड कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले सवै खाले कुलत मानव जिवनका निम्ति घातक हुने भएकोले मानिसलाई लागूऔषधकाे कुलतमा पर्न नदिन सचेतना कार्यक्रम संचालन भएकाेमा खुशी व्यक्त गर्नु भयाे। लेक्चर पुरुषाेत्तम प्याकुरेल, लाईन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्टका डिपार्टमेन्ट अफिसर बलराम सुवेदी, जाेन चियर पर्सन श्रीकान्त अचार्य, क्लवका द्वितीय उपाध्यक्ष टेकनाथ पाैडेल, सचिव बैकुण्ठ रिमालकाे उपस्थिति रहेकाे कार्यक्रममा क्लवका अध्यक्ष अनुज कुमार श्रेष्ठले लागूऔषधकाे कुलतमा युवाहरूलाई फस्न नदिन जनचेतनामूलक कार्यक्रमहरु व्यापकरुपमा संचालनहुनु अावश्यक रहेकाे र त्यसको निम्ति लाईन्स क्लव सधैं लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयाे। कार्यक्रममा सहभागी विद्यार्थीहरुले अाफ्नाे भनाइ राख्दै कार्यक्रम उपयोगी भएको र गाउँ गाउँका कलेजहरुमा समेत संचालन हुनु पर्ने माग गरेका थिए।

 

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १८:४४