अाफ्नै मजदुर दुर्घटनामा पर्दा पनि गणेश लामाको कन्सट्रक्सनले उद्धारमा किन गर्यो कन्जुस्याइँ ?
२२ असार, काठमाडाैँ । मुस्ताङमा शुक्रबार १९ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा धेरै मजदुरको उपचारकाे अभावमा ज्यान गएको छ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनाका मृत्क मध्ये ११ जनाको मात्रै घटनास्थलमै मृत्यु भएको थियो भने बाँकीकाे उपचार नपाएर मृत्यु भएको थियो ।
दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले जानकारी दिए । दुर्घटनाको चार घण्टापछिमात्र घाइते मजदुरको उद्धार गरिएको थियो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत चार घण्टापछि पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिएका छन । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर दुर्घटनामा परेको हो ।
अाफ्नै मजदुर चढेको ट्रिपर दुर्घटनामा परेपछि उद्धारका निम्ति जेजति प्रयास गर्नुपर्ने थियो त्यो नभएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन । घाइते मध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि लगिएको छ । अन्य घाइतेलार्इ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताएका छन । घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ ।
प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १८:११