१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

शिवम् सिमेन्टद्वारा १९० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री वितरण

४ जेठ, काठमाडाैँ । शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ। शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य वितरण गरेको गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेका बेला शिवम् सिमेन्ट लिमिटेडले हेटौंडास्थित वागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई वितरण गरिएको हाे ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ । यस अगाडी पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार १८:२३