२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

म मरेर के भो हजुर मेरो माया मर्न नदिनुस (कविता)


–तुलसी न्यौपाने

म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुुस
सझाएर राख्नुस मनमा ओइलिएर झर्नै नदिनुस ।

जतनगरी संङगालेर राखेको त्यो मायाको बिउ
जताततै जो कसैलाई छर्नै नदिनुस
म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुुस ।

म हैन हामी भन्नुस, अहम त्याग्नुस, माया गर्नुस
मुस्कुराउनुस सधैभरि मनमा पीर पर्नै नदिनुस
म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुुस ।

कालोलाई सेतो नि भन्दिन्छन यहाँ
सेतोलाई कालो नि भन्न सक्छन
सब अबसरवादी हुन हजुर
जस्तो पनि बन्न सक्छन
हल्लै हल्लाको देश न हो हाम्रो
भूपी दाईलै भन्नुभाछ
त्यसैले त, सत्य के हो त्यो पछ्याउनुस
हल्लाले कान भर्नै नदिनुस
म मरेर के भो हजुर
मेरो माया मर्नै नदिनुुस ।

हामी भन्दा कहा हो कहाँ उनि त छन धेरै माथी
सफलतालाई भेट्न यहाँ सजिलो कहाँ छर साथी
असम्भव चै छदैछैन मनको आशा मर्नै नदिनुस
सझाएर राख्नुस मनमा ओइलिएर झर्नै नदिनुस ।

अपेक्षा र स्वार्थ वीचको जोड घटाउ हो यो जिन्दगी
मार्नुस ईश्र्या, पाल्नुस माया मानवतालाई हर्नै नदिनुस
म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुस ।

यतिबेला अपठ्यारोमा फसी रैछिन नेपालआमा
असल सपुतको पर्खाइमा बसी रैछिन नेपालआमा
फहराउनुस देशको झण्डा कहलिनुस विश्व सारा
लगाउनुस ध्यान जगाउनुस ज्ञान हजुरकै हो अभिभारा

हाम्रो देशलाई कड्के नजर लाउने पनि होलान
सकेसम्म लान्छु भन्दै धाउने पनि होलान
बिन्ती छ हजुर कुदृष्टि यहा कसैको नि पर्नै नदिनुस
म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुुस ।

हजुर एकदिन पक्कैपनि सफल मान्छे बन्नुहुन्छ
आफ्नो मन आफै संग राख्नुस अन्त तर्नै नदिनुस
म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुुस ।
मुस्कुराउनुस सधैभरि मनमा पीर पर्नै नदिनुस ।
म मरेर के भो हजुर मेरो माया मर्नै नदिनुुस ।
मेरो माया मर्नै नदिनुुस ।

–ओखलढुंगा

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १४:५०