१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नहरमा डुबेर एक बालकको मृत्यु

२२ असार, मोरङ  । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि मंगलबारे अःपताल उर्लाबारीमा राखिएको छ ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १२:१०