१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

समृद्धिको डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा सञ्चालनमा

२ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा संचालनमा ल्याएको छ । सो सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधी लोहनी(मधु)ले जुमबाट गर्नुभएको छ ।

उहाँले अहिले चलिरहेका कोभिड १९ को माहामारीले गर्दा कम्पनीका ग्राहकहरुलाई फाइनान्स कम्पनी सम्म आइ विभिन्न सेवा सुविधा लिन असहज भएको परिस्थितीमा फाइनान्स कम्पनीले संचालनमा ल्याएको डिजिटल पेमेन्ट सिस्टमले ग्राहकहरुलाई सुविधा हुने बताउनुभयो ।

साथै ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्नेल पनि जानकारी गराउनुभयो । फाइनान्स कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्ने संस्थाले जानकारी गराएको छ ।

सो फाइनान्सले हेटौंडा, काठमाण्डौं, पोखरा, नारायणघाट र वुटवलमा रहेका पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ, अनलाइन अकाउन्ट ओपनिङ र भाइबार बैंकिङ लगायतको प्रविधमा आधारित सेवा पनि संचालनमा ल्याउँदैछ ।

प्रकाशित मिति : May 16, 2021 at 3:37 pm