१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

श्रीमतीको यौनीमा पाइपले घोच्ने दैलेखका सूर्यबहादुर रावतलाई ८ वर्ष कैद

२२ असार, दैलेख । दैलेखमा श्रीमतीको यौनीमा पाइपले घोच्ने एक श्रीमानलाई ८ वर्ष कैदको सजाए भएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमेगाउँका ४० वर्षीय सूर्यबहादुर रावतलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो ।

अदालतका प्रवक्ता विनोद आचार्यले दिएको जानकारी अनुसार जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले ३६ वर्षीया श्रीमतीलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा रावतलाई यस्तो सजाए दिएको हो ।

गत चैत ७ गते बेहोस हुने गरी कुटपिट गरी श्रीमतीको गुप्ताङ्गमा प्लाष्टिकको पाइपले घोचेर घाउ बनाएको आरोपमा प्रहरीले सूर्यबहादुरलाई चैत ९ गते पक्राउ गरेको थियो । उक्त मुद्दा जिल्ला सरकारी वकील कार्यालय मार्फत चैत २८ गते दैलेख जिल्ला अदालतमा पेश भएको थियो ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०५:३७