२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ

२१ असार, काठमाडौँ । नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ
परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९० नंको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १६:२९