११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

उपराष्ट्रपति र सभामुख शितल निवासको समारोहमा जालान कि राजिनामा देलान ?

३१ वैशाख, काठमाडौँ । उपराष्ट्रपति नन्दकिशोर पुन र साभामुख सापकोटाले नैतिकताको आधारमा आज राष्ट्रपति भवन शिलतनिवासमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ समारोहमा सहभागी हुनुहुन्छ कि हुन्न भन्ने विषयमा चासो पूर्वक हेरिएको छ । पछिल्लो केही महिनाअघि देखि राष्ट्रपति भवन शितल निवासमा भएको सबै कार्यक्रम बहिष्कार गर्नुभएको उहाँहरू नैतिक संकटमा पर्नुभएको छ । उहाँहरूले आजको कार्यक्रम बहिष्कार गर्नुहुन्छ कि सहभागी हुनुहुन्छ भन्ने प्रतिक्षाको विषय बनेको छ ।

कतिपयले यसअघि नैतिकताको कुरा गर्दै राष्ट्रपति सहभागी प्रायः सबैजसो कार्यक्रम समेत बहिष्कार गर्नुभएको उहाँहरूले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि आजै उहाँको सपथअघि राजिनामा दिने विश्वास पनि गरेका छन । यद्यपी नैतिकता त्यति ठूलो मूल्य नमान्नेहरूले त्यसो नगर्न सक्ने पनि उत्तिकै छ ।

राजनीतिक विश्वलेषक प्रा डा सुरेद्र केसीले पार्टीको आदेशपालकहरूबाट नैतिकताको अपेक्षा गर्नुनै बेकार हुने बताउनुहुन्छ । उहँँले दैनिकीसँग कुरा गर्दै भन्नुभो ‘व्यक्तिगत सवाल र पदीय सवाल फरक कुरा हुन । हिजो नै पदीय नैतिकता गुमाइसकेकाहरूबाट फेरि नैतिकताको आशा गर्नु नै बेकार हुन्छ । पार्टीका आधारमा उनीहरू त्यो पदमा पुगेको र त्यही पार्टीको ह्वीपका आधारमा उनीहरू काम गर्छन । लाजघिन भन्ने उनीहरूलाइ केही पनि हुँदैन । अहिलेको जुन कार्यशैली उहाँहरूको छ त्यसमा अरू बढी अपेक्षा गर्नु बेकार हुन्छ । हामी त्यस्तो अपेक्षामा लाग्नु हुन्न ।’

सर्वोच्च संस्था राष्ट्रपति भवनमा भएको संवैधानिक निकायमा पदाधिकारीको सपथग्रहण, विभुषण समारोह समेत बहिष्कार गर्नुभएको उपराष्ट्रपति र सभामुखको कदम त्यती जायज नभएको बताउनुहुन्छ राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल । उहाँ भन्नुहुन्छ ‘संवैधानिक परिषद्को कुरा फरक भए पनि राष्ट्रपति भवनमा हुने औपचारिक समारोह नै बहिष्कार गरेर त कसरी पदीय गरिमा जोगाउन सकिला र ? प्रधानमन्त्रीको आजको सपथ पनि बहिष्कार गर्नुभयो भने त उहाँहरूले मार्ग प्रशस्त गर्नुको विकल्प रहँदैन ।’

नेकपा माओवादी केन्द्रको निर्देशन अनुसार राष्ट्रपति भवनमा भएका सबै कार्यक्रम बहिष्कार गर्दै आउनुभएको कारण उहाँहरूको नैतिकतामा प्रश्न उठेको हो । विश्लेषकहरू विभुषण समारोहजस्तो राष्ट्रको त्यति महत्वपूर्ण कार्यक्रम नै बहिष्कार गर्ने उहाँहरूसँग अझै नैतिकका खोजी गर्न नहुने बताउनछन ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार ०६:५७