२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

देउवालाई माधव नेपालको वचनः तपाईका लागि एमालेका १६ सांसदले राजिनामा दिन्छन

२८ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल सुदुरपश्चिम प्रदेशका नेता भीमबहादुर रावललाइ बोकेर नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको निवास पुगी एमालेका १६ सांसदले राजिनामा दिने आश्वासन दिएर फर्किनुभएको छ ।

कांग्रेस सभापति देउवाले महन्थ ठाकुरजीहरूले सार्वजनिक रूपमा सरकार बानाउने काममा नलाग्ने घोषणा गरिसकेपछि म लागेर पनि प्रधानमन्त्री हुने होइन लाग्दिन भनेपछि माधव र भीमले कांग्रेसलाइ बहुमत पुग्नेगरी आफूहरूले राजिनामा दिन तयार रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस स्रोतका अनुसार देउवाले बहुमतका लागि एमालेका कम्तिमा १६ सांसदको राजिनामा चाहिने बताउनुभएको छ । भने माधव र भीमले जसरी पनि बहुमत पुर्याउनका लागि १६ सांसदको राजिनामा गराउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

झण्डै दुइ घण्टासम्म भएको छलफलमा आफ्नो समूहमा पनि केही पार्टी एकता भन्दै कुदिरहेको भन्दै अब आफूले तीनहरूलाइ पनि छाडेर राजिनामा गर्ने सांसदहरू मात्र बोकेर हिड्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार २३:०१