एमालेले श्रीमतीलाई मन्त्री नबनाएको झोँकमा कांग्रेसको काँध थाप्दै मोहनबिक्रम सिंह
२८ वैशाख, काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफ्नो जीवनकालकै सबैभन्दा गलत निर्णय लिएको भनेर अहिले बाग्लुङ र प्यूठानमा चर्चा चलिरहेको छ । हुनत सामाजिक सञ्जालमा पनि मोहनविक्रमको मसालको असलियत थापा पाइयो भन्दै हजारौँले टिप्पणी लेखेका थिए । यद्यपी मसालकै कार्यकर्ताहरूले पछिल्लो समय उनको गतिबिधिको तीब्र आलोचना गर्दै असन्तुष्टि जनाउन थालेका छन ।

मसालका महामन्त्री सिंहले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कान्छी श्रीमति दुर्गा पौडेललाई मन्त्री बनाइदिन पटक पटक अनुरोध गरेको तर मन्त्री नबनाइदिएपछि संघीय संसददेखि प्रदेश संसदमा समेत आफ्ना सांसदलाई नेपाली कांग्रेसको भरिया बनाउन खोजेको आरोप लागेको छ ।
यस्तै आरोपका बीचमा राष्ट्रिय युवा संघका सहअध्यक्ष किरण पौडेलले पनि सिंहको यस प्रवृति उजार गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘श्रीमतीलाई मन्त्री नबनाएको झोकमा मोहनविक्रम काँग्रेस बोक्न कस्सिए ११एमालेको भोटले जितेर एमालेकै विरूद्द दुरूपयोग, कान्छी श्रीमती दुर्गादेवी पौडेलले प्रतिनिधिसभामा बोलेको मन्तव्य मोहनविक्रमलेनै लेखेको बुझिएको छ ।’

पौडेलले एमालेका भोटले जितेर एमालेकै विरूद्द दुरूपयोग हुनुको विचित्र अवस्था देखिएको बताउँदै सिंहकी श्रीमती दुर्गादेवी पौडेलले प्रतिनिधिसभामा यही वैशाख २७ गते बोलेको मन्तव्य पनि मोहनविक्रमले नै लेखिदिएको भन्दै व्यंग्य गर्नुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।
प्यूठानमा राष्ट्रिय जनमोर्चाको १४ हजार भोटमा एमालेले यही दिन देख्न आफ्नो २५ हजार भोट हालेर जिताएको थियो त रु भन्ने प्रश्न व्यापक हुनुथालेको छ । ८६ बर्षको उमेरमा मोहनविक्रम र ८० बर्षको उमेरमा चित्रबहादुर केसीले हिजो प्रदेश र प्रतिनिधिसभा सदस्यमा चुनाव जित्न गरेको तालमेलको मसी नसुक्दै विपरित मति देखाउनुको रहस्य खोज्नुपर्ने कुरामा एमाले र मसालकै कार्यकर्ता लागेका छन ।

गण्डकी प्रदेशमा मसालका संसदीय दलका नेताले सिहं र केसीको निर्देशनको अवज्ञा गरेर ३० वर्षभन्दा पहिलेदेखि गर्दै आएको सहकार्यमा चिरा पर्न नदिनेभन्दै कांग्रेसको भारी बोक्न अस्वीकार गर्नुभएको छ । संसदीय दलका नेता कृष्ण थपाले इमान्दारित बिक्री गर्ने वा बन्धकी राख्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ ।
यो पनि पढ्नुहोस्
–गण्डकीमा जनमोर्चाकी पियारीद्धारा संसदीय दलको नेतालाई नै जानकारी नदिइ ह्वीप जारी
प्रकाशित मिति : May 11, 2021 at 7:18 pm









