२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

–शम्भु गजुरेल

पसिना को मोल र कोदाको झोलले मातेका हरु
जनमतलाइ धनमत र घनमत भन्दै तातेकाहरु
जान्यौ छल्न र पो ठूलो गनिएका छौ अहिलेसम्म
धेरैको मेहनत र त्यागले पाएको छौ नगर दम्भ!

चट्टी लाउने ढङ्ग थियो र तिम्रो? आज सिकाउछौ
सीप लगाएर भरेका भकारी दानी लाई पिटाउछौ
अरुको कालो खोजी हिडेका आफू सुन्दर देखिन
मुख बकेर पुग्दैन नि सत्कर्म हुनुपर्छ है लेखिन!!

लास एउटै हुन्छ जल्न दिदैनौ आउछौ वारि बारि
बगाउछौ गोहि आँसु गिद्दे आखाबाट नक्कल पारी
कहिले देख्छौ उहीँ कार्य विधि सम्मत भएको छ
कहिले फेरि सोही कार्य गैर्‍हकानुनी भएको छ!!

चरी नि नेता , घैटे नेता फलाकेर थाकेनौ उतिबेला
बालकृष्ण लाई नि गौतम बुद्ध बनाउछौ जतिबेला!
खुमबहादुर को गहुत खान रमाउने ए जन्ठाहरु
गङ्गामायाको पतिलाइ मर्न छोड्ने स्वाठ लन्ठाहरु!!

गोविन्द के सि हिजो थिए आज पनि लडेका छन
प्रयोग गर्न नखोज भ्रष्ट हो उनी जनमन चढेका छन
आफ्नो गुणगान नगाउदा मा अपराधी मान्छौ भने
तिम्रो स्वार्थ को पूरा हुने त्यान्द्रे लेग्रो हो ठान्छौ भने

घुमाएर एउटै झण्डा न ओढाउनु लौ लासमाथी
शब्द जालले कति सर्कस देखाउदैछौ लासमाथी
बनेपामा जिउदो सहिद ओछ्यानमा ढलेको छ
बादरमुढे मा टुहुरा र बेसाहारा मन गलेको छ!!

दिले रम्तेल काधमा बोकि कति धाउछौ बगरमा
सुर्खानी को चीत्कार बेची महल किन शहरमा!
रगत दिने सहिद हरुले निस्वार्थ भै मरि गैदिए
लुटेराको सत्ता फेरिदिने केवल भर्‍याङ भैदिए!!

भो भो काङ्ग्रेस भो एमाले माओवादी नि भैगो
मधेसी पहाडी सबै दल हो छल गरि लुटे भैगो
सहिदको नाम बेचेर चयन गर्दै छौ नकच्चरो
गोविन्द के सि को नाम उचाल्दै छ काङ्ग्रेस चरो!

– बेलकोट्गढी ९, नलगाउ,  नुवाकोट

प्रकाशित मिति : २० असार २०७५, बुधबार १९:३२