१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेविसंघका नेतासहित कांग्रेस नेता प्रदीप पाैडेलले तोडे निषेधित क्षेत्र

२० असार, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले नेपाल विद्यार्थी संघको साथ लिएर विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र तोडेका छन । माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो २ बजे तोडेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो ।

व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोड्न सफल भयो । कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सम्बोधन गरेका थिए । सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो । यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १७:२८