१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

ट्याक्टरको ठक्करबाट दाङमा एकको मृत्यु

२० असार , दाङ । ट्याक्टरको ठक्करबाट यहाँ एकजना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

रा १ त ३७० नं को ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको थप उपचारका लागि दाङको लमही तर्फ लैजाँदै गर्दा बाटोमै आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १६:२१