१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मन्त्री भन्दा बलिया देखिए ठगीमा संलग्न फरार मेडिकल व्यवसायी, कारवाहीमा साैतेनी व्यवहार

२० असार, काठमाडाैँ । मलेसिया जाने नेपाली कामदारलार्इ लुट्दै अाएका म्यानपावर व्यवसायीलार्इ सरकारले काखा र पाखाको व्यवहार गरेको भन्दै अालोचना सुरू भएको छ । फरार रहेका व्यवसायी प्रधानमन्त्री र मन्त्री भन्दा शक्तिशाली देखिएका छन । प्रधानमन्त्री र मन्त्रीहरूले गलत गर्नेलार्इ कारबाही गर्ने अोठे प्रतिवद्धता जनाए पनि व्यवहारमा लागू हुन सकेको छैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पिए भानु देउवाको समेत व्यवसायिक साझेदार मानिएका राम श्रेष्ठलार्इ पटक पटक पक्राउ गरेर जेल हाल्ने तर निर्वाचनका समयमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतलार्इ ठूलो चन्दा दिएर उस्तै प्रकृतिको ठगी धन्दा सञ्चालन गर्ने गोविन्द थपलिया पक्राउ परेको दुर्इ घण्टामै छाडिए र प्रहरीको सूचीमा राखियो । यसले गर्दा मलेसिया जाने कामदारलार्इ अार्थिक शोषण गर्ने विरूद्धको कारबाही शिथिल बनेको छ ।

फरार रहेको व्यवसायी गोविन्द थपलिया ।

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा विभिन्न संस्था खडा गरी ठगीमा संलग्न १८ जना व्यवसायी अझै फरार छन्। उनीहरुलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन। पक्राउको नेतृत्व गर्ने जिम्मेवारी पाएका डिअाइजी धिरू बस्न्यातले व्यवसायीसँग  मिलेरै अभियुक्तलार्इ फरार गराउन भूमिका खलेको अाशंका गरिएको छ । यद्यपी उनीमाथि नेकपाको नेतृत्वले व्यवसायी थपलिया लगायतलार्इ पक्राउ नगर्न दबाब परेको छ । जिएसजीका सञ्चालक गोविन्द थपलिया सहिता १८ जना व्यवसायी प्रहरीको फरार सूचीमा छन्।

रोजगारीमा मलेसिया जाने कामदारमाथि अतिरिक्त रकम असुल्दै आएका ६ वटा सिन्डिकेट संस्था अवैध भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत महिना खारेज गर्ने निर्णय गरेका थिए । उनले लगत्तै गृहमन्त्रालय मार्फत ३७ जना बायोमेट्रिक मेडिकल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान गर्न अाग्रह गरेका थिए । प्रहरीले पक्राउ गरेकाहरू समेत सबै छुटिसकेका छन । त्यो पनि सात अर्बभन्दा बढी ठगीमा संलग्न व्यवसायीहरु न्यूनतम धरौटीमा छुटेका हुन्। जसको बारेमा न्यायाधीशले न्याय सम्पादनमा विचलन भएको भन्दै छानविनको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ ।

फरार रहेका मेडिकल व्यवसायीहरु विरुद्ध अदालतले पक्राउ वारेन्ट समेत जारी गरिसकेको छ। तर, डिअाइजी धिरू बस्न्यातले राजनीतिक दबाबका कारण भन्दै अभियुक्तलार्इ पक्राउ गर्न सकेका छैनन्र ।

यो पनि पढ्नुहोस्

–मलेसिया जाने कामदार ठगी प्रकरणः फरार व्यवसायी गोविन्द थपलियालाई प्रहरीकै संरक्षण

–म्यानपावरका फरार अभियुक्त थपलिया १० कराेड बोकेर श्रममन्त्री हटाउने अभियानमा

–सेटिङमा न्यायाधीशको आदेश, भिएलएनका राम श्रेष्ठलाई फेरि थुन्न माग गर्दै उच्च अदालतमा मुद्दा

–प्रधानन्यायाधीशकै छोराको सेटिङमा जिल्ला न्यायाधीशलार्इ घुस ! अभियुक्त धराैटीमा रिहा

प्रकाशित मिति : २० असार २०७५, बुधबार ११:५८