१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कैलालीको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु

२० असार, कैलाली । कैलालीको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ११, शिवपुरमा रहेको कटैनी खोलामा नुहाउने क्रममा २ जना बालकको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका हर्क भुलको छोरा ८ वर्षीय सचिन भुल र बाधुराम चौधरीका छोरा १२ वर्षीय अमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका जनाएको छ ।

मंगलबार साँझ नुहाउन गएका उनीहरुको खोलामा डुबेको अवस्थामा उद्धार गरी सचिनलाई घोडाघोडी अस्पताल र अमनलाई सेती अञ्चल अस्पताल लगिए पनि उनिहरु दुवैजनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार ०८:५८