१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

करेन्ट लागेर डोटीमा चार जनाको मृत्यु, प्राधिकरणको लापरवाहीले दुर्घटना

२० असार, डोटी । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलवार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपेक खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

तस्बीरः पत्रकार नवराज भण्डारीको फेसबुकबाट ।

घटनामा परी सोही ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डोटीको सिलगढीस्थित शैलेश्वरी अस्पतालमा पुर्याइएको छ । झन्डै आठ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यस्थानमा सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । स्थानीयले भने विद्युत प्राधिकरणको लापरवाहीले चार जनाको मृत्यु भएको भन्दै दाेषीलार्इ कारबाही गर्न माग गरेका छन ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार ०७:१२