२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एसियन कपको उपाधि जितिसकेको इराकसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने

१७ वैशाख, काठमाडाैँ । नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मे २९ मा इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने निश्चित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । इराक एसियन कपको उपाधि जितिसकेको राष्ट्र हो ।

खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुने एन्फाले जनाएको छ । नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो खेल हुनेछ । फिफा बरियतामा इराक ६८औं स्थानमा र नेपाल १७१औं स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०८:२४