१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल बैंकले ऋणपत्र निष्काशन गर्ने

१० वैशाख, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ निष्कासन गर्ने भएको हो। बैंकले लगानीकतर्नालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ।

सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि छिटोमा वैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ, सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ। उक्त बैंकको ऋणपत्रमा लगानी गर्ने चाहाने इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ।

 

 

 

प्रकाशित मिति : April 23, 2021 at 11:46 am