लोग्ने स्वास्नीबिचको झगडामा पर्दा धादिङकी बालकुमारी विकको ज्यान गयो
१८ असार, धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी महिलाको दम्पतीबीचको झगडा छुट्याउन जाँदा आज मृत्यु भएको छ ।
स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लठ्ठीले लागेर गम्भीर घाइते भएकी बालकुमारीको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १८ असार २०७५, सोमबार २०:२४