२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

इन्डियन प्रिमियर लिग क्रिकेटमा बेङ्ग्लाेरको लगातार दोस्रो जित

२ वैशाख, काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बैङ्ग्लाेरको लगातार दोस्रो जित निकालेको छ । आईपीएल अन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै विजयी भएको हाे ।

बेङ्ग्लाेरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जितसँगै बेङ्ग्लाेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरले २ खेलमा ४ अङ्क जोडेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ०९:०५