२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्मार्ट सिटी बन्नु अघिको हिलाम्मे र कुरूप काठमाडौँ (फोटोफिचर)

१८ असार, काठमाडौँ । स्मार्ट सिटी बनाउने मुख्य उद्घोषका साथ काठमाडौँ महानरपालिकाको नेतृत्वमा पुग्न सफल मेयर विद्या सुन्दर शाक्यको टोली एक वर्षको बीचमा धेरै आलोचित बनेको छ ।

जनताको पक्षमा र सर्वसाधरणले महशुष गर्ने गरी खासै काम गर्न नसकेको काठमाडौँ महनगरपालिकाले बाटो भत्काएर हिलो र धुलो चाहिँ पर्याप्त दिएको छ । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने काठमाडौँका धेरै भित्रि सडकको यथार्थता हो । बजेट नभएका सडक समेत भत्काएर जनतालाई एलर्जी गराउने काममा महानगरको अग्रसरता देखिन्छ ।

योजनाको सही छनोट हुन नसक्नु र प्राथमिकीकरण गर्न नसक्दा समस्या भएको छ । यही कारण मेयर शाक्य जनता र आमसञ्चार माध्यमका बीचमा खुलेर कुरा गर्न सक्ने अवस्थामा समेत छैनन् । युवा अभियानकर्मी लोकराज अवस्थीको क्यामरामा कैद भएको काठमाडौँको कुरुपता यहाँ प्रस्तुत गरेका छौँ ।

 

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १६:४९