१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम प्रतिकुलताका कारण लुक्ला विमानस्थल ४ दिनदेखि बन्द, यात्रुहरु मारमा

१८ असार, लुक्ला । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ४ दिनदेखि बन्द भएको छ । लुक्लामा रहेको विमानस्थलमा मौसम प्रतिकुलताका कारण शुक्रबार अवतरण भएका तारा एयरको विमान उडान हुन नसक्दा लुक्लामै थन्किएको छ ।

शुक्रबार मौसम प्रतिकुलताका बाबजुद नै अवतरण गरिएका २ वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर फर्किए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयरलायन्स लुक्लाले जनाएको छ । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटकहरु अलपत्र परेको तारा एयरका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताएका छन ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १५:३६