१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

एडिलेडमा ओएनयुफले शनिबार नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने

२७ चैत, एडिलेड ।प्रवासी नेपाली एकता मञ्च (ओएनयुफ)साउथ अष्ट्रेलियाले आउदो नव वर्ष २०७८ को उपल्यक्षमा अप्रिल १० शनिवार शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । एडिलेडको कोल्लोवेली पार्क स्थित कोसग्रोभ हलमा सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष हेम खनालले बताउनुभयो ।

उहाले विगत वर्षहरुमा मञ्चले जनवरी १ लाई अन्तराष्ट्रिय टोपी दिवसको रुपमा विभिन्न कार्यक्रम आयोजना गरि मनाउदै आएकोमा यस वर्ष विक्रम संवत अनुसारको नव वर्षलाई पनि मनाउन लागिएको जानकारी दिनुभयो । मञ्चका कार्य समिति सदस्य सन्तोष वस्नेतका अनुसार नि : शुल्क प्रवेश रहेको कार्यक्रममा सहभागीहरुका लागि आकर्षक डोर प्राइज पनि राखिएको बताउनु भयो ।उहाले प्रत्येक सहभागीलाई प्रवेशमा एक एक थान कुपन दिइने र कार्यक्रमको अन्यमा गोला प्रथाद्वारा पुरस्कृतको छनौट गरिने वताउनु भयो ।

मञ्चका कार्यसमिति सदस्य शिव काफ्लेका अनुसार कार्यक्रममा स्थानिय कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्ने कार्यक्रम रहेको वताउनु भयो । उहाले विक्रम संवत् मनाउने नेपाली परम्परालाई परदेशमा समेत नेपाली मौलिक सास्कृतिक कार्यक्रम सहित मनाउन लागिएको वताउनु भयो ।

साउथ अष्ट्रेलियामा रहेका तिस भन्दा धेरै संघ संस्थाहरु सहित एडिलेडवासी नेपाली समुदायलाई उपस्थितिका लागि निमन्त्रणा गरिएकाले सहभागीता राम्रो हुने अपेक्षा गरिएको काफ्लेले वताउनुभयो । यसै गरि सास्कृतिक कार्यक्रमको समापन पछि मञ्चका स्वयसेवकहरुले तयार पारिएको नेपाली परिकार खाएर कार्यक्रम समापन गरिने मञ्च सह सचिव सन्तोष गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार १८:२१