२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नेपाल बैंकको सुर्खेत शाखामा अब डिजिटल कारोबार

२० चैत, काठमाडाैँ । नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरु मध्ये सर्वप्रथम डिजिटल सुर्खेत महाअभियान अन्तर्गत डिजिटल प्रबिधी मार्फत क्यु आर कोड स्टेण्ड बितरण कार्यक्रम सम्पन्न भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।

नेपाल बैंक लिमिटेड सन्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यु आर कोड प्रबिधीमार्फत रकम भुक्तानि गरि क्यु आर कोड बितरणको समुद्घाटन गर्नुभएको हो । समयको परिवर्तनशिलतलाई आत्मसाथ गरि प्रबिधीको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बिषयमा सम्वोधन गर्दै उपस्थित ग्राहक महानुभावहरुलाई प्रमुख अतिथिले उत्प्रेरित गर्नुभयो ।

उक्त समाहरोहका बिशिष्ट अतिथी तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पनि सोहि प्रबिधी मार्फत कर्णालीको मह खरिद गर्नुभयो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक श्री गणेश कुमार केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उध्योग बाणिज्य संघ सुर्खेतका महासचिब लक्ष्मण कडेलले समेत स्थापनाको हिसावले पुरानो बैंकले आधुनिक कार्य गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय सुर्खेतका का.मु.कार्यालय प्रमुख समिर सिंह तथा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिति रहेको थियो । बरिष्ठ सहायक प्रदिपराज शर्माले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रवन्धक धवेन्द्र न्यौपानेले स्वागत मन्तब्य दिनुभएको थियो ।

प्रकाशित मिति : April 2, 2021 at 9:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/