३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मंगलबार नेप्सेमा एनआईसी एशिया लघुवित्तको सेयर सूचिकृत, साथै कारोबार फुकुवा

१७ चैत, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

 

नेप्सेमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.९४ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरकाे २५ लाख ९४ हजार ४ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । साथै, आजबाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १६:४२