२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बिराज महर्जनले फुटबल जीवनबाट सन्यास लिए

१६ चैत, काठमाडाैँ । लामो समयपछि नेपालको राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्नुभएका बिराज महर्जन खेल सकिन एक मिनेट मात्रै बाँकी रहँदा मैदानमा उत्रिएर फुटबल जीवनबाट सन्यास लिएका छन ।  । सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नुभएको बिराजको सोमबारको प्रतियोगिता अन्तिम अन्तर्राष्ट्रिय स्पर्धा हुन पुग्यो । बिराजले नेपालका लागि ७४ अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएर फुटबल जिवनबाट सन्यास लिएका हुन ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भएको छ । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेसँगै नेपालले उक्त हारको बदला समेत लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली खेलाडीलाइ हाैसला दिन रंगशाला पुग्नुभएको थियो । सोही उपस्थितिमा प्रधानमन्त्रीले खेलाडीका बीचमा खुशी बाँड्नुभएको छ ।

उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गर्नुभयो । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार २०:०७