२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नेपाल ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल, खुशी बाँड्न प्रधानमन्त्री ओली मैदानमा

१६ चैत, काठमाडाैँ । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भएको छ । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेसँगै नेपालले उक्त हारको बदला समेत लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली खेलाडीलाइ हाैसला दिन रंगशाला पुग्नुभएको थियो । सोही उपस्थितिमा प्रधानमन्त्रीले खेलाडीका बीचमा खुशी बाँड्नुभएको छ ।

उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गर्नुभयो । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार २०:००