२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अनेरास्ववियुको एकताका लागि मस्यौदा तयार गरिने, तीन वटा उपसमिति प्रस्ताव

१५ असार, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एक भएसँगै विद्यार्थी संगठनको पनि एकता प्रक्रिया शुरु भएको छ । पार्टीकै निर्देशनअनुसार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता प्रक्रिया शुरु भएको छ । दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैलाले जानकारी दिए । उनका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ । तीन मस्यौदा तयार गर्नका लागि चाँडै जिम्मेवारीसमेत तोकिने भएको छ । दुई संगठनबीच एकता प्रक्रियाको शुरुआत क्याम्पस कमिटीबाट समेत गर्ने निर्णय भएको उनले बताए ।

यस्तैगरी एकता नटुङ्गिँदासम्मका लागि अबदेखि विद्यार्थीको कार्यक्रम गर्दा दुई वटै संगठनको संयुक्त तुलमा गर्ने समेत सहमति भएको उपाध्यक्ष बर्ताैलाले बताए ।  बैठकमा एकता कार्यदलमा रहनुभएका अखिलका इन्जार्ज तथा संस्कृति, पर्यटन, नागरिकमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ लगायत सहभागी रहेका थिए ।  दुई पार्टी एकीकरणपछि पार्टीका भ्रातृ संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने योजना छ । भ्रातृ संगठनको एकताका लागि ती संगठनका दुवै इञ्चार्ज र दुई अध्यक्षको कार्यदल बनाइएको छ । तर कार्यदलका सदस्य रहेका हितमान शाक्यले भने एकता प्रक्रियामै असन्तुष्टि जनाउँदै बैठकमा सहभागी जनाएका छैनन् ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार २०:४८