२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

त्रिदेशीय फुटबलमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

१२ चैत, काठमाडाैँ । त्रिदेशीय फुटबलमा नेपालले आज किर्गिस्तानसँग खेल्दै छ । मंगलरबारको खेलमा बंगलादेशसँग पराजित भएको किर्गिस्तानसँग नेपालले खेल्न लागेको हो । मंगलवार किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र दीप कार्की रहेका छन् ।

यस्तै डिफेन्डरमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान परेका छन् ।

फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ,अभिषेक रिजाल र भरत खवास रहेका छन् । नेपालले आउँदो शनिवार बंगलादेशसँग खेल्दैछ । यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । एन्फाले विज्ञप्ति निकालेर त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ०७:५६