३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नेपाल बैङ्कको २०५ औँ शाखा नारायण नगरपालिकामा

१० चैत, काठमाडाैँ । नेपाल बैङ्क लिमिटेडले आफ्नो २०५ औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । बुधवार नेपाल बैङ्क लिमिटेड संचालक समितिका अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मरासिनीले दैलेख जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैङ्क लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भूमिका खेल्ने धारणा राखेका थिए । नगर प्रमुख रत्नबहादुर खड्काले विगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैङ्क लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारण राखे ।

नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैङ्कको विशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरी बैङ्कसँग साझेदारी गर्न ग्राहकवर्गलाई अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार २१:१३