१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हिमपहिरोमा परी दुई जनाको मृत्यु

१० चैत, फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताउनु भएको छ ।

यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् । अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १५:१८