७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भर्ने हाेइन त ? सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१० चैत, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गते, शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्तासेयर सामूहिक लगानी कोषका लागि छुट्याएकाे छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। बाँकि २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ। सोमबार साँझ ५ बजेसम्ममा १२ लाख २२ हजार ८ सय ३२ जना आवेदकले १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ बराबरकाे एक कराेड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २६ लाख ४० हजार कित्ता भन्दा ७.१४ गुणा बढी आवेदन हो ।

प्रकाशित मिति : March 23, 2021 at 10:13 am