आईपीओ निष्कासनकाे अनुमति माग्दै दुई हाइड्रोपावर कम्पनी सेबोनकाे ढोकामा
५ चैत, काठमाडाैँ । २ वटा हाइड्राेपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन दिएका छन् । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे हाे ।

त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डमा पेश गरेकाे हाे । ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । भने बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १२:१४













