१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

२७ फागुन, बर्लिन । पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ । अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद रोगको उपचार गराइरहनु भएका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको र यसबाट मुलुक शोकमा डुबेको बताउनु भएको छ । उहाँले ५६ वर्षीय प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गर्नु भएको र युवाका लागि मोडेल नै रहेको बताउँदै हामेदको निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकामा दुःख प्रकट गर्नु भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १६:३१