१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राष्ट्रिय धोजावहाक एअरबस ३३० को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

१४ असार, काठमाडौँ । राष्ट्रिय धोजावहाक नेपाल वायु सेवा निगमको एअरबस ३३० आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेको छ । एयरबस ३३० लाई संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारी लगायतले विमानस्थलमा भव्य रुपमा स्वागत गरेका छन ।

विमानस्थलमा एयरबस ३३० को स्वागतपछि ट्वीटर मार्फत मन्त्री अधिकारीले नयाँ जाहाज आउनु सबैका लागि खुशीको विषय भएको बताएका छन । उनले अर्को महिना थप अर्को वाइड बडि पनि आइपुग्ने जानकारी दिएका छन ।

यस्तै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले एयरबस ३३० भित्रिदाँ पर्यटन क्षेत्र निकै खुशी र उत्साहित भएको बताए । उनले दैनिकीसँग कुरा गर्दै नाट्टाले विगतदेखि नै निगमसँग कम्तिमा १० वटा ठूला जाहाज हुनुपर्ने विषय उठाएको भन्दै कनेक्टिभिटीबिना पर्यटनको विकास सम्भव नहुने बताए ।

पछिल्लो पटक निगमले नयाँ जहाजका निम्ति गरेको प्रयत्न सराहनिय रहेको भन्दै उनले नेपाल भ्रमणमा पर्यटक बढी आउने गन्तव्यहरुमा सीधा उडान भर्नुपर्नेमा समेत जोड दिए । नयाँ जहाजको व्यवसायिक उडान भने आगामी अगस्ट १ गतेबाट हुनेछ ।

 

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ०९:४८