२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

–सुदामा कृष्ण

ल्याउनुस् त्यो मुटु म सोधेर राख्छु
प्रेम फुलाउने बिरुवा रोपेर राख्छु !

हजुर त भन्नुथ्यो अँ सस्तो छ मायाँ
खोइ कति पर्छ सबै जोखेर राख्छु

भक्कानिएर एक्लै रुनु पर्‍यो भने
पठाउनुस् नयनहरु रोकेर राख्छु !

अनगिन्ती छ्न् घाउ यो छातिभित्र
दिनुस् पीर हजुरका सँगालेर राख्छु

धमिलो र मैलो होला रहर हजुरको
छोड्नुस् मेरो जिम्मा पोतेर राख्छु

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ०९:१५