१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

घरपालुवा रक्सी खाँदा चार जनाको मृत्यु, पाँच जना गम्भीर

१३ असार, धनुषा । धनुषाको कमला नगरपालिकामा घरपालुवा रक्सी खाने चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त रक्सी सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ बर्षका साबिर अन्सारी रहेका छन् । प्रहरीले मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार २१:३९