१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सिंगटी हाइड्रो इनर्जीले चैत ६ देखि आईपीओ निष्कासन गर्ने

२१ फागुन, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेबाट साधारणस सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनिले निष्काशन गर्ने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले  आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप गरिनेछ। । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।

यसअघि कम्पनीले प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त शेयरको बाँडफाँड समेत भइसकेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँदछ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १०:२१